धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन् । आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघिका अध्यक्ष भीष्मराज ढुङ्गानालाई बर्खास्त गरेपछि सरकारले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया थालेको थियो। सरकारले सुरुमा पाँच जना छनोट गरेको थियो ।

तीमध्ये पनि तीन जनाको नाम सिफारिस गरेको थियो। गोपालप्रसाद भट्ट, कृष्णराज पोखरेल र रमेशकुमार हमाल अन्तिम तीन जनामा परेका थिए । यीमध्ये हमाललाई बोर्ड अध्यक्ष नियुक्ति गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।