स्थानीय तह निर्वाचनसम्बन्धी आयोगका १० निर्णय

स्थानीय तह निर्वाचनसम्बन्धी आयोगका १० निर्णय

निर्वाचन आयोगले निर्वाचनमा जनशक्ति परिचालनको कार्यलाई सरल र सहज बनाउनका लागि जनशक्ति (व्यवस्थापन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै आयोगले आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न १० वटा निर्णय गरेको हाे ।

त्यसक्रममा आयोगले राजनीतिक दलसम्बन्धी एने, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुन बमोजिम राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम जनता प्रगतिशित पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा राजनीतिक दल दर्ता गरेको छ ।

यो सँगै आयोगमा हालसम्म दर्ता हुने राजनीतिक दलहरुको सङ्ख्या १०६ पुगेको आयोगले जनाएको ।