ट्वान्टी–२० विश्वकप छनोट : टस हारेपछि ओमानविरुद्ध नेपालको पहिलो ब्याटिङ

ट्वान्टी–२० विश्वकप छनोट : टस हारेपछि ओमानविरुद्ध नेपालको पहिलो ब्याटिङ

ट्वान्टी–२० विश्वकप छनोटको पहिलो खेलमा नेपालले टस हारेपछि ओमानविरुद्ध पहिले ब्याटिङ गर्नुपर्ने भएको छ । मस्कटमा चारदेशीय ट्वान्टी–२० शृंखलामा परीक्षणपछि नेपालले शुक्रबार घरेलु टोली ओमानसँग खेलेर विश्वकप छनोटको यात्रा सुरु गर्न लागेको हो।

ओमानसँगको पहिलो खेलमा नेपालका प्रशिक्षक पुबुदु दासानायकेले शरद भेषावकरलाई प्लेइङ ११ मा स्थान दिएका छैनन् । उनीसँगै सागर ढकाल र गुल्सन झा पनि प्लेइङ ११ मा छैनन् ।

नेपालको प्लेइङ ११ मा सन्दीप लामिछाने, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, आसिफ सेख, अविनाश बोहरा, जितेन्द्रकुमार मुखिया, कमलसिंह ऐरी, विवेककुमार यादव र लोकेश बम रहेका छन् ।