नेपालमा थपिए ४३७ कोरोना संक्रमित, २ जनाको मृत्यु

नेपालमा थपिए ४३७ कोरोना संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने थप २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन्। 
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४३५ छ।