सेती प्रयोगशालामा थप ८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

सेती प्रयोगशालामा थप ८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८५ नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

२४ घण्टामा ३ जना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । भने एकजना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल सेतीमा ६ संक्रमित उपचाररत रहेको अस्पतालले जनाएको छ ।

जसमध्ये ४ जनाको आइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा कैलाली र कञ्चनपुरका एक एक जनाको मृत्यु भएको छ । 

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा कोरोना उपचाररत गोदावरी नगरपालिका – ४ का ८२ बर्षिय पुरुष र पुनर्वास नगरपालिका – ७ का ८० बर्षिय पुरुषको मृत्यु भएको हो ।