अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्छाैँ : चीन

अमेरिकाले नेपालमा दिएको कुटनीतिक दबाबको प्रतिरोध गर्छाैँ : चीन

चीनले अमेरिकी सहयोग एमसीसी पारित गर्न नेपाललाई कुटनीतिक दबाब दिइरहेको आरोप लगाएको छ ।

चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलन गरी एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताउनुभयो ।

नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले बताउनुभएको खबरमा उल्लेख छ ।