सुदूरपश्चिममा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि, २ को मृत्यु

सुदूरपश्चिममा शुक्रबार थप ३० जनामा कोरोना पुष्टि, २ को मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३३९ नमुना परीक्षण गर्दा थप ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । निर्देशनालयका अनुसार एक सय नमुना पिसिआर परीक्षण गर्दा ९ जना र एक हजार २३९ जनामा एन्टिजेन परीक्षण २१ जना गरी ३० जनामा संक्रमण देखिएको हो ।

२४ घण्टामा भारतबाट फर्किएका ८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कैलाली र कञ्चनपुरका एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–४ का ८२ बर्षिय पुरुष र पुनर्वास नगरपालिका – ७ का ८० बर्षिय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।