फिलिपिन्स टस जितेर पहिले बलिङमा, गुल्सनले गरे डेब्यू

फिलिपिन्स टस जितेर पहिले बलिङमा, गुल्सनले गरे डेब्यू

आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को नेपाल र फिलिपिन्सबीचको खेलमा फिलिपिन्सले टस जितेर बलिङ रोजेको छ।

खेल ११ः४५ मिनेटमा ओमानको अल अमेरात क्रिकेट मैदानमा हुनेछ। समूह ए मा रहेको नेपाल फिलिपिन्सलाई हराउँदै लगातार दोस्रो जितको खोजीमा हुनेछ भने फिलिपिन्स पहिलो जितको खोजीमा हुनेछ।

नेपालले शुक्रबार भएको पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको थियो। नेपाल २ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ।

नेपालको प्लेइङ ११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, जितेन्द्र मुखिया, कुशल मल्ल, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप लामिछाने (कप्तान)