फिलिपिन्सविरुद्ध दीपेन्द्रले पनि बनाए अर्धशतक

फिलिपिन्सविरुद्ध दीपेन्द्रले पनि बनाए अर्धशतक

ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत दीपेन्द्र सिंह ऐरीले पनि फिलिपिन्स अर्धशतक प्रहार गरेका छन् ।

दीपेन्द्रले १७औं ओभरको पहिलो बलमा हेनरी टेलरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । दीपेन्द्रले ३७ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ५४ रन बनाए ।

खेलमा फिलिपिन्सले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । यही खेलमा नेपालका कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरेका छन् ।