सुदूरपश्चिममा शनिबार थप १८ जनामा कोरोना पुष्टि, एक को मृत्यु

सुदूरपश्चिममा शनिबार थप १८ जनामा कोरोना पुष्टि, एक को मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा शनिबार थप १८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९९७ नमुना परीक्षण गर्दा थप १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार ४२ नमुना पिसिआर परीक्षण गर्दा पाँच जना र ९५५ नमुना एन्टिजेन परीक्षण गर्दा १३ जना गरी थप १८ जनामा संक्रमण देखिएको हो । यस्तै २४ घण्टामा १२ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यसैगरी भारतबाट फर्किएका १२ जनामा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ का ८२ बर्षीय संक्रमित पुरुषको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।