कैलालीमा लागुऔषधसहित दुईजना पक्राउ

कैलालीमा लागुऔषधसहित दुईजना पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको लम्कि चुहा नगरपालिका वडा नम्बर ३ चिसापानीबाट २२ बर्षीय बिरेन्द्र बिष्ट र २८ बर्षीय राज सुनारलाई लागूऔषध (खैरो हिरोईन) सहित प्रहरीले पक्राउ गरेको हो ।

चिसापानी नयाँ बस्ती बस्ने नर बहादुर बिष्टको घरमा लागुऔषधको कारोवार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बिक्रि बितरणको लागी पोका बनाई राखेको अवस्थामा पलास्टीक, धागोसहित १२ ग्राम ९८० मिलिग्राम लागुऔषध बरामद गरिएको लाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको बताइएको छ ।