कञ्चनपुरबाट भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ

कञ्चनपुरबाट भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ

कैलाली । भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ परेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ बाट जुम्लाको कनिकासुन्दरी गाउपालिका ३ का ५७ वर्षीय बिर्ख धामी भालुको पित्त र यार्सागुम्बासहित पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट अन्दाजी १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अनुसन्धान गर्दै जाँदा कैलालीको गोदावरी नगरपालिका २ मा रहेको उनको डेराबाट थप ५ सय ग्राम यार्सागुम्बा फेला पारी जम्मा ५२५ ग्राम यार्सागुम्बा फेला पारेको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ ।