युनिस आँधिका कारण युरोपमा कम्तीमा १६ जनाको ज्यान गएको छ। तीव्र गतिमा हावा चल्दा संचनाहरु भत्किएका छन् ।
बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी, पोल्याण्ड, आइरिस रिपब्लिक र बेलायतमा आँधीका कारण मानिसहरुको मृत्यु भएको हो ।
तीव्र गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन्। यस्तै हावाले भग्नावशेषहरु पनि उडाएको छ ।
दशौँलाख घर तथा व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ । यातायात सञ्जाल टुटेको छ । शुक्रबार आँधीका कारण करिब २०० किलोमिटर प्रतिघण्टाको दरमा हावा चलेको थियो ।
नेदरल्याण्ड्समा रुखले च्याप्दा चारजनाको ज्यान गएको छ। पोल्याण्डमा पनि चारजनाको ज्यान गएको छ। इंग्ल्याण्डमा तीन, जर्मनीमा दुई तथा बेल्जियममा दुईजनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । रिपब्लिक अफ आयरल्याण्डमा एकजनाको ज्यान गएको छ ।