साउदी अरबमा सञ्चालीत निस्शुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढी नेपालीले सेवा लिए

साउदी अरबमा सञ्चालीत निस्शुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढी नेपालीले सेवा लिए

आवासीय नेपाली संघ (एनआरएनए) साउदी अरबले सञ्चालन गरेको निस्शुल्क स्वास्थ्य शिविरमा एक सय भन्दा बढीले सेवा लिएका छन् ।

राष्ट्रिय समन्वय परिषद् एनआरएनए (एनसीसी)द्वारा आयोजित शिविरमा नेपाली श्रमिक लाभान्वित भएको एनआरएनए साउदीका अध्यक्ष डमर यादवले जानकारी दिए ।

गैर कानुनी रूपमा रहेका श्रमिकहरूलाई लक्षित गरी सञ्चालन भएको उक्त शिविरमा नेपाली श्रमिकको आँखा जाँच,कोल्स्ट्रोल, किड्नी ब्लड प्रेसर, सुगर तथा युरिक एसिडको निःशुल्क परीक्षण गरिएको अध्यक्ष यादवले बताए ।

शिविर साउदी अरेबियाको हाइलमा रहेको अल नूर मेडिकल कम्प्लेक्स हल सिटी सेन्टरमा आयोजना गरिएको थियो।

नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै एनआरएनएले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ।