जिल्ला कारागार कैलालीमा रहेका दुईजना कैदीबन्दीको कैद मिनाहा

जिल्ला कारागार कैलालीमा रहेका दुईजना कैदीबन्दीको कैद मिनाहा

धनगढी । प्रजातन्त्र दिवसका अवसरमा जिल्ला कारागार कैलालीमा रहेका दुईजना कैदी कैद मुक्त भएका छन् । ५० प्रतिशतभन्दा बढी कैद भुक्तान भई असल आचरण भएका उनीहरूलाई प्रजातन्त्र दिवसका अवसरमा बाँकी कैद मिनाहा गरी शनिबार मुक्त गरिएको हो ।

मुक्त हुनेमा ६ बर्ष कैद सजाय तोकिएका चन्द्रप्रकाश रिमाल र ७ बर्ष कैद सजाय तोकिएका सन्देश बमलाई कैदमुक्त गरिएको हो । ३ बर्ष ९ दिन रिमालले कैद भुक्तान गरेका छन् भने ३ बर्ष ९ महिना २२ दिन कैद भुक्तान गरेका छन् ।

उनीहरु दुवै जनाको बाँकी कैद मिनाहा गरिएको जिल्ला कारागार कार्यालय कैलालीले जनाएको छ । उनीहरु दुवै जना ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले ७२औँ प्रजातन्त्र दिवसको अवसरमा मुलुकभरका ५०१ जना कैदीहरूको बाँकी सजाय मिनाहा गरेका थिइन् ।