धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने

धनगढी । कैलालीको धनगढीमा विश्व नेपाली साहित्य महोत्सव हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले गर्न लागेको महोत्सव फागुन १९ देखि २१ गतेसम्म चल्ने छ ।

समाजले प्रत्येक वर्ष धनगढीमा महोत्सवको आयोजना गर्दै आएको छ । यो महोत्सवको दोस्रो संस्करण हो । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीको प्रमुख आतिथ्यतामा समाजमा आयोजित कार्यक्रमकाबीच महोत्सव आयोजना गरिने आयोजकले जानकारी दिएको हो ।

महोत्सवमा कवि, लेखक, साहित्यकार, कलाकार र बुद्धिजीवीलाई आमन्त्रण गरिएको जोशीले बताएका छन् । यसका साथै देश बाहिर रहेका नेपाली भाषि साहित्यकारहरूलाई पनि कार्यक्रममा आमन्त्रित गरिएको उनले बताए ।