दार्चुलामा मिलको फित्तामा बेरिएर एक पुरुषको मृत्यु

दार्चुलामा मिलको फित्तामा बेरिएर एक पुरुषको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा एक पुरुषको मिलको फित्तामा बेरिएर ज्यान गएको छ । आइतबार बिहान ९ बजेतिर आफैले सञ्चालन गरेको मिलमा अन्न पिस्ने बेला मिलको फित्तामा बेरिएर बर्ष ५० का धनसिंह धामीको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक नारायणसिंह विष्टको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

प्रहरी निरीक्षक विश्वकर्माले भने, गहुँ पिस्ने बेला आफ्नै मिलको फित्तामा बेरिएर घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।