नेपालमा २६२ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

नेपालमा २६२ जना कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ हजार ८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ हजार ३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । अहिले देशभर १२ हजार २४४ जना सक्रिय संक्रमित रहेका छन् ।