पूर्वी युक्रेनमा गोली चल्न थालेकाले रुस र बेलारुसले सैन्य अभ्यास लम्ब्याउने

पूर्वी युक्रेनमा गोली चल्न थालेकाले रुस र बेलारुसले सैन्य अभ्यास लम्ब्याउने

युक्रेनको पूर्वी भागका पृथक्तावादी राज्यहरू दोनेत्स्क र लुगान्स्कमा गोली चल्न थालेकाले रुस र बेलारुसले सैन्य अभ्यास जारी राख्ने बेलारुसका रक्षामन्त्री भिक्टर ख्रेनिनले बताएका छन् । 

उक्त अभ्यासमा अपरेसनल ट्रेनिङ कायम राखिने ख्रेनिनले स्पष्ट पारे । बेलारुस र रुसको सीमामा कसैले नकारात्मक कदम चाल्न खोजेमा त्यसको उपयुक्त प्रतिकार गर्न अभ्यास गरिने उनको भनाइ छ ।