न्याय सेवा आयोगको बैठक : जिल्ला न्यायाधीशका लागि अन्तर्वार्तामा ३ जनाको नाम सिफारिश

न्याय सेवा आयोगको बैठक : जिल्ला न्यायाधीशका लागि अन्तर्वार्तामा ३ जनाको नाम सिफारिश

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशको लिखित परीक्षामा उत्तीर्ण भएका तीन जनालाई अन्तर्वार्ताका लागि सिफारिश गरेको छ । लोकसेवा आयोगले १८ जनाको परीक्षा लिएकोमा तीन जना मात्र उत्तीर्ण भएकाले तीनै जनालाई अन्तर्वार्ताका सिफारिश गर्ने निर्णय आयोगको आइतवार बसेको बैठकले गरेको हो ।

न्याय परिषद सचिवालयका प्रवक्ता समेत रहेका सह(सचिव मानबहादुर कार्कीका अनुसार ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरीको नाम अन्तर्वार्ताका लागि सिफारिश गरिएको हो ।

बैठक सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको थियो । बैठकमा कानून मन्त्री दिलेन्द्रप्रसाद बडू, वरिष्ठतम् न्यायाधीश मीरा खड्का, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सहभागी थिए ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको भद्र अवज्ञाका कारण आयोगको बैठक बस्न सकेको थिएन ।