हामी एमसीसीको विपक्षमा छौँ, प्रदर्शनकारीमाथि भएको दमनको विरोध गर्छौँ : प्रचण्ड

हामी एमसीसीको विपक्षमा छौँ, प्रदर्शनकारीमाथि भएको दमनको विरोध गर्छौँ : प्रचण्ड

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू एमसीसीको विपक्षमा रहेको फेरि स्पष्ट पार्नुभएको छ । 

माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत सत्ता गठबन्धनका नेताहरूकै सहमतिमा सरकारले आज एमसीसी संसदमा टेबल गरेको छ ।

तर प्रचण्डले भने सरकारले विवाद र विरोधकै बीच एमसीसी टेबल गरेकोमा विरोध जनाउँदै माओवादी एमसीसीको विपक्षमा उभिने बताउनुभएको छ । 

यस्तै उहाँले एमसीसी टेबल गर्न हुन्न भन्दै प्रदर्शन गर्नेहरूमाथी प्रहरीले गरेको दमको विरोध गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।