भाउजुले दोहोर्‍याएर यौन सम्बन्ध राख्न नदिएपछि देवरले गरे हत्या

भाउजुले दोहोर्‍याएर यौन सम्बन्ध राख्न नदिएपछि देवरले गरे हत्या

कपिलवस्तु वाणगंगा नगरपालिका-१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन् ।

यशोदाको गत मंसिर १० गते हत्या भएको थियो । सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो । एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार दुईबीच शारीरिक सम्पर्कपछि विवाद हुँदा शम्भुले यशोदाको हत्या गरेको थाहा भएको छ। आफ्नी श्रीमती माइत गएका बेला शम्भु त्यसदिन राति मादक पदार्थ सेवन गरेर यशोदाको कोठामा पुगेका थिए।

सुरूमा सहमतिमै शारीरिक सम्पर्क भएको शम्भुले बताएका छन्। दोस्रोपटक शारीरिक सम्पर्क गर्न खोज्दा यशोदाले प्रतिकार गरेकी थिइन् ।

अनुसन्धान समितिले सम्भावित व्यक्तिहरूको पहिचान गर्ने क्रममा शम्भुलाई पक्राउ गरेको भण्डारीले बताए। पोष्टमार्टम रिपोर्टमा यशोदाको स्वास नलीमा अवरोध भएर मृत्यु भएको खुलेको थियो।

पक्राउ परेका देवर शम्भुलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।