जिल्ला प्रहरी कार्यालय डोटीका एसपी मल्लको सरुवा

जिल्ला प्रहरी कार्यालय डोटीका एसपी मल्लको सरुवा

धनगढी । प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सरुवा भएका सबै एसपीलाई फागुन महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो ।

कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्ललाई पनि सरुवा गरेको छ ।

मल्ललाई मानव बेचबिखन अनुसन्धान ब्युरो अनुसन्धान व्यवस्थापन शाखामा सरुवा गरिएको छ भने सोही ठाउँमा कार्यरत शारदा प्रसाद चौधरीलाई डोटीमा खटाइएको छ।