धनगढीको क्याम्पस चोकमा झण्डै ३ लाखको लागतमा टावर लाइट निर्माण

धनगढीको क्याम्पस चोकमा झण्डै ३ लाखको लागतमा टावर लाइट निर्माण

धनगढी । धनगढीमा निर्माण गरिएको टावर लाइटको आज उद्घाटन गरिएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर ८ को क्याम्पस चोकमा २ लाख ७५ हजारमा निर्माण गरिएको उक्र टावर लाइटको सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आज उद्घाटन गरेका हुन् ।

करिब १७ मिटर अग्लो टावर लाइटमा राष्ट्रिय झण्डा समेत फहराइएको छ । वडाअध्यक्ष नारायण बरालका अनुसार वडा कार्यालयको बजेटमा टावर लाइट निर्माण गरिएको हो ।

धनगढीका अन्य स्थानमा पनि टावर लाइट निमार्ण गर्ने योजना रहेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।