नेपालमा थप ३८८ जनामा कोरोना पुष्टि, ११ हजार २८२ जना सक्रिय संक्रमित

नेपालमा थप ३८८ जनामा कोरोना पुष्टि, ११ हजार २८२ जना सक्रिय संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १२०५ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् । 

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ।  हाल देशभर कोरोनाका सक्रिय संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् ।