टी-२० विश्वकप छनोट : क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य

टी-२० विश्वकप छनोट : क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य

आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ८१ रनको झिनो विजयी लक्ष्य पाएको छ ।

ओमानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा नेपाली बलरसामु टिक्न सकेन । कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न नसक्दा सिंगो टीम ८० रनमा अलआउट भएको हो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, अविनाश बोहरा र कमलसिंह ऐरीले २(२ तथा कुशल मल्लले एक विकेट लिए ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । यो खेल जितेमा नेपाल समूह विजेताका रूपमा सेमी फाइनलमा पुग्नेछ ।

सेमी फाइनलमा यूएईसँग प्रतिस्पर्धा हुनेछ । फाइनलमा पुग्ने टोली अस्ट्रेलियामा हुने टी(ट्वान्टी विश्वकपका लागि छानिने छ ।