देश जनता भन्दा ठूलो अनुदान होइन, एमसीसी सदनबाट अस्विकार गरौं : शेरबहादुर कुँवर

देश जनता भन्दा ठूलो अनुदान होइन, एमसीसी सदनबाट अस्विकार गरौं : शेरबहादुर कुँवर

धनगढी । राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले एमसीसी सम्झौता सदनबाट अस्विकार गर्न आग्रह गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत कुँवरले सरकारलाई एमसीसीको नाटक छोडेर जनताको आवाज सुन्न आग्रह गरेका हुन् ।

'देश जनता भन्दा ठूलो अनुदान होइन',उनले भने,'अब सबै भनौ एमसीसी बहिष्कार गरौ साच्चै नेपाली आमाको दूध पिएका छौ भने सदनबाट अस्विकार गरौँ, भाले पोथी नछुट्टिने गरि प्रस्तुत नहोउ !'

उनले लेखेका छन्, 'पुर्खाहरु गरिब थिए तर स्वाभिमान थिए, निरक्षर थिए तर  बिबेकी थिए त्यसैले कहिलै प्राधिनता स्विकारेनन देशको रक्षाको लागि कहिलै पछाडी हटेनन अमरसिह, बलभद्र, कालुपाण्डेहरु डिग्री प्राप्त थिएनन तर असलकुटनितिज्ञ थिए कुनैलोभ पाप थिएन तबपो स्वाभिमानका शाथ देश जोगाए बहादुर कहलिए ।

खै अहिलेकाहरुले पुर्खाको स्वाभिमान जोगाउलान र ! संखाको घेरामा छन यिनका काम कृयाकलाप र चरित्रका कारण देश बर्बाद हुनेभो अबत घृणा लाग्न थाल्यो । जाबो ५५ अरब त्यो पनि ससर्तबिदेसि सहयोग अनुदान भित्र रहेको अति षडयन्त्रकारिपोको लाई भित्र्याउनका लागि कति लालाहित भएका हुन कुन्नी ।जनता सडकमा छन नेताहरुमस्तिमा यो कस्तो प्रबृती हो जनताले हिसाब किताब राखेका छन होसियार इतिहास निर्मम छ ।'