अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने

अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने

अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउन सक्ने बताएको छ। रुसले युक्रेनका दुई श्रेत्रलाई स्वतन्त्र क्षेत्र घोषणा गरी उक्त क्षेत्रमा आफ्ना सैनिक पठाएपछि संयुक्त राष्ट्र संघको सुरक्षा परिपद्‍को आपतकालीन बैठक चल्दै छ।

अमेरिकाले उक्त बैठकमा रुसमाथि मंगलबार नै प्रतिबन्ध गर्न सक्ने संकेत दिएको छ। साथै अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने योजना बनाएको छ । यी नयाँ प्रतिबन्धहरूको घोषणा मंगलबार गर्ने ह्वाइटहाउसले जनाएको छ।

ह्वाइट हाउसका अनुसार मस्कोको नयाँ 'आदेश' र 'कारवाही' को प्रतिक्रियास्वरूप अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने योजना बनाएको छ, जुन मंगलबार घोषणा गरिने छ।

'हामी ती प्रतिबन्धहरूमा हाम्रा सहयोगी र साझेदारहरूसँग सम्पर्क र वार्तामा छौ',ह्वाइट हाउसका प्रवक्ताले भने। यी प्रतिबन्धहरू आर्थिक हुन सक्ने अपेक्षा गरिएको छ।