युक्रेन संकटमा संयम अपनाउन चीनको आग्रह

युक्रेन संकटमा संयम अपनाउन चीनको आग्रह

चीनले युक्रेन संकटमा सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ राजदूत झाङ जुनले त्यससँग सम्बन्धित सबै पक्षलाई संयम अपनाउन र तनाव बढाउन सक्ने कुनै पनि कार्य नगर्न आग्रह गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को आपत्कालीन बैठकमा संक्षिप्त टिप्पणी गर्दै झाङले संकट समाधान गर्ने सबै कूटनीतिक प्रयासलाई बेइजिङले स्वागत गर्ने बताए ।

यसअघि, चीनले रुसी सुरक्षा चिन्तालाई सम्बोधन गर्नुपर्ने जनाएको थियो ।