एकीकृत समाजवादीका अध्यक्ष नेपाल धनगढी आउँदै

एकीकृत समाजवादीका अध्यक्ष नेपाल धनगढी आउँदै

धनगढी । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल धनगढी आउने भएका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी) को प्रदेश भेलालाई सम्बोधन गर्न अध्यक्ष नेपाल शुक्रबार धनगढी आउन लागेका हुन् । अखिल नेपाल महिला संघ (समाजवादी) को भेला धनगढीमा हुने छ ।

उक्त भेलामा संगठनसँग आवद्ध सम्पूर्ण महिलाहरुलाई उपस्थित हुन अखिल नेपाल महिला संघ (समाजवादी) प्रदेश सचिव गीता सोडारीले अपिल गरेकी छन् ।