युक्रेन संकट : रुसी सेनालाई पूर्वी युक्रेनमा प्रवेश गर्न पुटिनको आदेश

युक्रेन संकट : रुसी सेनालाई पूर्वी युक्रेनमा प्रवेश गर्न पुटिनको आदेश

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा आफ्ना सेनालाई परिचालन गर्ने घोषणा गर्नुभएको छ ।डोनेट्स्क र लुहान्सकलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले ती क्षेत्रमा शान्ति स्थापनाका लागि सेनालाई परिचालन हुन समेत आदेश दिनुभएको छ ।

यो आदेशसँगै रुस र युक्रेनबीचको सङ्कट चुलिएको छ। रुसको कदमले शान्ति स्थापना गर्ने प्रयास र अन्तर्राष्ट्रिय वार्ताको विद्यमान प्रक्रिया उल्लङ्घन गरेको युक्रेनले जनाएको छ ।

आज बिहान राष्ट्रको नाममा सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी गणराज्यको कदमले आफ्नो देशको अखण्डता र सम्प्रभुताको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।

यस्तै  चीनले सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । संयुक्त राष्ट्र सङ्घका लागि चिनियाँ राजदूतले सुरक्षा परिषद्को बैठकमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको हो । रुसी राष्ट्रपतिको पछिल्लो घोषणाको अन्तर्राष्ट्रिय रूपमा निन्दा भइरहेको छ ।