ललितपुर मेयर कप महिला क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

ललितपुर मेयर कप महिला क्रिकेट : सुदूरपश्चिमको विजयी सुरुवात

सुदूरपश्चिम प्रदेश टोलीले ललितपुर मेयर वुमन्स टी–२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।मंगलबारदेखि कीर्तिपुर मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिमले ललितपुर महानगरपालिका–११ लाई ५८ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १४३ रन जोडेको थियो । सुदूरपश्चिमका लागि ओपनरहरू रेवती धामी र विन्दू रावलले क्रमशः २९ र २८ रन बनाएका थिए । कप्तान ऋतु कनोजियाले ४२ र डली भट्टले २५ रनको योगदान गरे ।

वलिङतर्फ ललितपुर महानगरपालिकाका लागि खुसी डंगोलले २ विकेट लिइन् । अस्मिना कर्माचार्य, आरती विडारी र अनुराधा चौधरीले १–१ विकेट लिए ।

जवाफमा ललितपुरले ७ विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । बलिङमा सुदूरपश्चिमकी लक्ष्मी साउदले ३ विकेट लिइन् । कविता कुँवरले २ तथा ईश्वरी विष्ट र सम्झना खड्काले १/१ विकेट लिए ।