मतदाता नामावलीमा विवरण सच्याउनुपर्ने वा मतदाता परिचय पत्र हराएको छ यसो गर्नुहोस् !

मतदाता नामावलीमा विवरण सच्याउनुपर्ने वा मतदाता परिचय पत्र हराएको छ यसो गर्नुहोस् !

मतदाता नामावलीमा आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा ईमेल वा फ्याक्सबाट निवेदन दिन सकिने भएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले यसअघि दर्ता गरेको विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दिन सकिने जनाएको छ ।

त्यस्तै मतदाता परिचय पत्र हराए वा नाश भए आउँदो फागुन २० सम्म प्रतिलिपिका लागि निवेदन दिन सकिने छ ।

त्यस्ता मतदाताले प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

यसअन्तर्गत आफ्नो वडा कार्यालयको सिफारिसमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने छ ।