युक्रेन संकट : बढ्यो तेलको मूल्य, सात वर्षयताकै उच्च

युक्रेन संकट : बढ्यो तेलको मूल्य, सात वर्षयताकै उच्च

रुस र युक्रेनबीच बढ्दो तनावका बीच तेलको मूल्यमा उछाल आएको छ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ डलर छ ।

रुसले युक्रेनी पृथकतावादीहरुको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिएको छ र आफ्नो सेनालाई ती क्षेत्रमा पठाउन आदेश दिएको छ। रुसको यो निर्णयपछि बेलायत र अन्य धेरै पश्चिमी देशले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

साउदी अरेबियापछि रुस विश्वको दोस्रो ठूलो तेल निर्यातक हो। रुस प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक पनि हो।

युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन्। म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टका सु ट्रिनले भने, ‘रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउनेछ र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्नेछ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई विद्रोही नियन्त्रित क्षेत्रलाई स्वतन्त्र राज्यका रुपमा मान्यता दिएका छन्। स्वघोषित जनवादी गणतन्त्र डोनेस्क र लुहान्स्क रुसी समर्थित विद्रोहीहरुको बाक्लो उपस्थिति छ। उनीहरु सन् २०१४ देखि युक्रेनी सेनासँग लड्दै आएका छन्।

कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्न सक्ने पनि आशंका गरिएको छ।