पशुपति धर्मशाला छिट्टै सरकारको नाममा फिर्ता ल्याउने मन्त्री आलेको प्रतिबद्धता

पशुपति धर्मशाला छिट्टै सरकारको नाममा फिर्ता ल्याउने मन्त्री आलेको प्रतिबद्धता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।

मंगलबार महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन्।

विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताए। मन्त्री आलेले पशुपतिप्रति गिद्धेदृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताए।