डोटीमा वडा अध्यक्षसहित दर्जनौ नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

डोटीमा वडा अध्यक्षसहित दर्जनौ नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

डोटी । डोटीमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षसहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा प्रवेश गरेका छन् ।

नेकपा एसका अध्यक्ष माधव नेपालले डोटीको सायल गाउँपालिका-४ का अध्यक्ष टेकबहादुर सिंह, पालिका सचिव मनोज देउवा, उप-सचिव गणेश बिठाडीलाई स्वागत गरेका हुन् ।

यस्तै नेविसंघ डोटीका हेमन्त मन्नी र केदार गाउँपालिका ३ का वडा अध्यक्ष भिम बहादुर विष्टलाई पनि नेकपा एसमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा पार्टी सचिव रामकुमारी झाँक्री, पोलिटब्यूरो सदस्य प्रेमबहादुर आले, जिल्ला कमिटी डोटी उपाध्यक्ष महेन्द्र थापा तथा उपसचिव भक्तबहादुर साउदको उपस्थिति थियो ।