देशभर थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

देशभर थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

देशभर थप ४७६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

९ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २९९ तथा एन्टिजेन विधिबाट १७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

यही अवधिमा थप ८३१ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ९ लाख ५३ हजार ४३० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । नेपालमा हाल १० हजार ७४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९२८ जनाले ज्यान गुमाइसकेका छन् ।