सुदूरपश्चिममा थप २५ जनामा कोरोना पुष्टि, १९ जना संक्रमणमुक्त

सुदूरपश्चिममा थप २५ जनामा कोरोना पुष्टि, १९ जना संक्रमणमुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ७९ नमुना परीक्षण गर्दा थप २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

निर्देशनालयका अनुसार एक हजार ३२ नमुना एन्टिजेन परीक्षण गर्दा २१ जना र ४७ नमुना पिसिआर परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको हो ।

यस्तै २४ घण्टामा १९ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । यस्तै २४ घण्टामा भारतबाट फर्किएका १४ जनामा कोरोना संक्रमण देखिएको छ ।