वृषेशचन्द्र लालसहितका नेता लोसपा परित्याग गर्दै तमलोपामा प्रवेश

वृषेशचन्द्र लालसहितका नेता लोसपा परित्याग गर्दै तमलोपामा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता वृषेशचन्द्र लाल समूहले पार्टी परित्याग गरेका छन्।

तराई–मधेश लोकतान्त्रिक पार्टीमा समावेश हुनका लागि उनको समूहले पार्टी छोडेको हो। उनीहरूले मंगलबार पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको जानकारी दिए। 

‘मधेशका राजनीतिक दलका नेतृत्व–पंक्ति जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक अजेन्डालाई थाम्न सक्ने, गन्तव्यको दिशामा बोकेर आगाडि बढाउन सक्ने सामर्थ्य देखाउन सकेनन्’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ।

मधेशको प्रतिनिधित्व गर्ने कुनै राजनीतिक दल नभएको लालले ठोकुवा गरेका छन्। स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन तपलोपामा समाहित भएको उनले उल्लेख गरेका छन्।