एमसीसी बारे अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग छलफल पछि ओली प्रधानमन्त्री निवास बालुवाटार तिर

एमसीसी बारे अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग छलफल पछि ओली प्रधानमन्त्री निवास बालुवाटार तिर

एमसीसीको विषयमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग छलफल गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारितका लागि सहयोग गर्न ओलीलाई गत साता आग्रह गरेका थिए । देउवाले बालकोट निवास पुगेरै ओलीसँग सहयोग मागेका हुन् । ओलीले गठबन्धन तोडेर अघि बढ्ने सुझाव दिएका थिए ।

एमसीसीमा सत्ता गठबन्धनका दलले विपक्षमा मतदान गरेमा गठबन्धन भत्किने प्रधानमन्त्रीले बताइरहेका छन् । संसदमा आठ फागुनमा एमसीसी दर्ता भएको थियो ।

संसदको १२ फागुनको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफलको प्रस्ताव पेस हुँदैछ ।  भेटमा एमसीसीबारे एमालेको पोजिसन ओलीले प्रधानमन्त्रीलाई जानकारी गराउने बताइएको छ ।