लोसपा संसदीय दलको बैठक आज बस्दै, यी हुन् एजेन्डा

लोसपा संसदीय दलको बैठक आज बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले एमसीसीबारे आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले जानकारी दिए ।

हालसम्म लोसपाले एमसीसीबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी दाबी गर्दै आएको लोसपाको आजको बैठकले यस सम्बन्धमा ठोस धारणा सार्वजनिक गर्ने बताइएको छ । उक्त पार्टीको संसदीय दल १३ सदस्यीय छ ।