एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाँण

एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँण प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न भक्तपुरको बालकोट पुगेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट पारितका लागि सहमति जुटाउने प्रयासमा रहेका बेला गृहमन्त्री खाँण ओली निवास बालकोट पुगेका हुन्। 

यसअघि मंगलबार बेलुकी प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटवार्ता भएको थियो। 

त्यस क्रममा प्रधानमन्त्री देउवाले एमालेसँग एमसीसी पारितका लागि सहयोग गर्न आग्रह गरेका थिए।