घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्न पुगेको छ ।

अघिल्लो दिन अधिकतम ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० रुपैयाँले घट्दै ९६ हजार ५०० रुपैयाँमा झरेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा थप ५ रुपैयाँले वृद्धि हुँदै प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।