नेपाल-भारत ऊर्जा बैठक आजबाट सुरु हुँदै, यी हुन् एजेन्डा

नेपाल-भारत ऊर्जा बैठक आजबाट सुरु हुँदै, यी हुन् एजेन्डा

काठमाडौं । नेपाल-भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज काठमाडौंमा बस्दैछ । सहसचिवस्तरीय बैठक दिउँसो तीन बजे ह्यात होटलमा बस्ने छ ।

सहसचिव स्तरीय बैठकपछि बिहीबार सचिवस्तरीय निर्देशक समितिको बैठक बस्ने छ । नेपालको तर्फबाट निर्देशक समितिको बैठकको नेतृत्व ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले र सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकको नेतृत्व सहसचिव चिरञ्जिवी चटौतले गर्नेछन् ।

सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठकले निर्णय गर्न नसक्ने विषय निर्देशक समितिमा छलफल गरेर टुंगोमा पुर्याउन प्रयास गरिने अधिकारीहरुले बताएका छन् । ऊर्जा मन्त्रालयका सचिव कार्कीका अनुसार दुई देशबीचको ऊर्जा बैठकमा नेपाल-भारत विद्युत् व्यापार, संरचना निर्माणलगायतका विषयमा छलफल हुने छ ।

नेपालले दुई देशबीच विद्युत् आदानप्रदानका लागि पूर्वाधार निर्माण गर्नेदेखि नीतिगत समस्या समाधानसम्मका विषयलाई उठाउने तयारी गरेको छ ।