रुसले २४ घण्टाभित्र युक्रेनमा आक्रमण गर्न सक्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको चेतावनी

रुसले २४ घण्टाभित्र युक्रेनमा आक्रमण गर्न सक्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको चेतावनी

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले युक्रेनमा अबको २४ घण्टाभित्र ठूलो आक्रमण हुनसक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेको युक्रेनमाथिको आक्रमण सुरु भइसकेको अभिव्यक्तिलाई दोहोर्‍याउँदै मौरिसनले यस्तो बताएका हुन्। मौरिसनले रुसको कदम अस्वीकार्य रहेको उल्लेख गरेका छन्।

उनले रुसले युक्रेनमाथि आक्रमणको लागि तयारी पूरा गरिसकेको बताएका हुन्। उनले प्रजातान्त्रिक शक्तिहरुले एकैठाउँमा उभिएर रुसको सामना गर्नुपर्नेमा जोड दिएका छन्। 

यसैबीच अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी म्याक्सर टेक्नोलोजिजले केही स्याटेलाइट तस्बिर सार्वजनिक गरेको छ।

जसमा रुसले आफ्नो पश्चिमी सीमा क्षेत्रमा ठूलो संख्यामा सैन्य गाडीहरु सैनिक परिचालन गरेको देखिएको छ।