डिशहोमद्धारा महेन्द्रनगरका ‘डिलर दाइहरुलाई सम्मान

डिशहोमद्धारा महेन्द्रनगरका ‘डिलर दाइहरुलाई सम्मान

धनगढी । महेन्द्रनगरमा डिश होम, डिश होम फाइबर नेटको माघ महिनामा बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्‍याउने महेन्द्रनगरका के.पी.इन्टरप्राइजेज, महेन्द्रनगरका बेताल मोबाइल ग्यालरी र  महेन्द्रनगरका मौभेरा मनि ट्रान्सफर लाई  उपहार र प्रमाण पत्र प्रदान गरिएको छ ।

महेन्द्रनगर सर्बिश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरूलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर कमल रिमालले प्रशंसा पत्रसहित सम्मान गरेका छन्।

कार्यक्रममा कैलाली र कञ्चनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

डिशहोम फाइबर नेटले ग्राहकको आवश्यकता अनुरूप आकर्षक र सहुलियत मूल्यमा  विभिन्न प्याकेजहरू ल्याएको जनाएको छ।

कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १०एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ।