नवजीवन सहकारी संस्थाको नेतृत्वका लागि देव बहादुर बमको प्यानल घोषणा

नवजीवन सहकारी संस्थाको नेतृत्वका लागि देव बहादुर बमको प्यानल घोषणा

धनगढी । नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको अध्यक्ष पदका लागि देव बहादुर बमले उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बमले आफ्नो प्यानल घोषणा गरेका हुन् । बमको टिममा उपाध्यक्ष भरतराज जोशी, सदस्यहरुमा इन्दिरा जोशी, गोपालराज पाठक, गोमा कुमारी अधिकारी, धन बहादुर शाह, पदमराज सापकोटो, प्रकाश जोशी, महेशराज विष्ट र माधव चौधरी रहेका छन् ।

यस्तै रवि कुँवर, विश्वनाथ ओझा र शिवकुमार जोशी फुलाराले सञ्चालक समितिको सदस्य पदमा उम्मेदवारी दिएका छन् । यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजकमा मदनराज ओझा, लेखा सुपरीवेक्षण समिति सदस्य पदमा गणेश प्रसाद उपाध्याय र सरस्वती वलीले उम्मेदवारी दिएका छन् ।

नेपाल सरकारका सहकारी सम्बन्धि कामहरुलाई सहकारीता अनुरूप संस्था मार्फत कायान्वयन गर्ने प्रयासको थालनी लगायतका कामहरु गर्ने प्यानलले प्रतिबद्धता जनाएको छ ।