संसद्‍ बैठकमा अनिवार्य उपस्थित हुन काँग्रेसको निर्देशन

संसद्‍ बैठकमा अनिवार्य उपस्थित हुन काँग्रेसको निर्देशन

सत्तारुढ दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ।

काँग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुसालले बिहीबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको जानकारी जानकारी दिए । 

फागुन ८ गते संसदमा दर्ता भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतामा बिहीबारदेखि संसदमा छलफल सुरु हुँदैछ। एमसीसीबारे छलफल सुरु हुने भएकाले सबैलाई अनिर्वाय उपस्थित हुन भनिएको उनले बताए ।