एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसीको पक्षमा मतदान गर्ने भएको छ।

बालकुमारीमा जारी पार्टीको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको नेता केशव झाले जानकारी दिए। 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले यसअघि नै पक्षमा मतदान गर्ने संकेत गरेको थियो। 

बुधबार बसेको बैठकले औपचारिक रुपमा निर्णय गरेको हो। लोसपामा रहेका १४ सांसदहरुमध्ये १ निलम्बित छन्।