युद्ध रोक्न सम्भव सबै गर्न राष्ट्रसंघलाई युक्रेनको आग्रह

युद्ध रोक्न सम्भव सबै गर्न राष्ट्रसंघलाई युक्रेनको आग्रह

युक्रेनले युद्ध रोक्न ‘सम्भव सबै गर्न’ संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा विशेष सैन्य कारबाहीको घोषणा गरेलगत्तै संयुक्त राष्ट्रसंघका लागि युक्रेनी राजदूतले सुरक्षा परिषद्लाई युद्ध रोक्न आग्रह गरेका हुन् ।

“म रुसी प्रतिनिधिमन्डलका राजदूतलाई रेकर्डमा सोध्न चाहन्छु कि यो क्षणमा तपाईंका सेनाले युक्रेनी सहरहरूमा गोलाबारी र बम प्रहार गर्छन् कि गर्दैनन्, तपाईंका सेनाहरू युक्रेनी क्षेत्रभित्र प्रवेश गर्छन् कि गर्दैनन्,” उनले भने ।

जवाफमा संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूतले यसलाई युद्ध नभई डोनबासमा भएको सैन्य कारबाही भएको बताए ।